काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले ललिता निवासको जग्गा प्रकरणमा सरकारले व्यापारीलाई ‘ब्ल्याकमेल’ गर्न पक्राउ गरेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद शाहीले निर्णय गर्ने नेता र मन्त्रीलाई उन्मुक्ति दिएर सरकारले व्यापारी समातेर ‘ब्ल्याकमेल’ गरेको आरोप लगाएका हुन् ।
उनले ललिता निवासको सरकारी जग्गा निजी बनाएर मन्त्रिपरिषदको निर्णय गर्ने पुर्व प्रधानमन्त्रिद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई उनमुक्ति दिएर व्यापारीलाई पक्राउ गरेको बताएका छन् ।
‘तत्कालिन पूर्वप्रधानमन्त्रि माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले ललिता निवासको सरकारी जग्गा निजी बनाएर मन्त्रिपरिषदको निर्णय गरेका उनीहरुले उनमुक्ति पाए । तर, व्यापारीलाई समातियो ।’, सांसद शाहीले भने, ‘यो सरकारले व्यापारीलाई ब्ल्याकमेल गर्नका लागि पक्राउ गर्यो । यस्तो कानुनी राज्य हुन सक्दैन ।’
त्यस्तै, उनले अहिले देशको विकास निर्माणका थुप्रै कार्यहरु पनि अलपत्र परेको गुनासो गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्