काठमाडौँ । सरकारले एक हजार बढी हुलाकीको दरबन्दी खारेज गरेको छ । ‘एक पालिकामा एक हुलाक कार्यालय’ कार्यक्रम कार्यान्वयन गर्दै सरकारले एकैपटक १ हजार ६ सय ३६ दरबन्दी खारेज गरेको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले हुलाक विभाग अन्तर्गतका धनादेश कार्यालय र टिकट व्यवस्थापन तथा फिलाटेलिक कार्यालय खारेज गर्ने निर्णय गरेको छ । योसँगै सरकारले एउटा पालिकामा एउटा मात्रै हुलाक कायम गर्नेगरी संरचना परिवर्तन गर्ने समेत निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले बताएकी छिन् ।
त्यस्तै, सरकारले प्रधानमन्त्री कार्यालयको प्रस्तावमा विद्युत व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्नका लागि स्वीकृति दिने निर्णय गरेको छ ।
प्रवक्ता शर्माका अनुसार सरकारले भूमि व्यवस्था मन्त्रालयको प्रस्तावमा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण पहिलो संशोधन निर्देशिका, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै, सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार समिति गठन आदेश २०८० बमोजिम अध्यक्ष पदमा डा. पर्शुराम मिश्रलाई नियुक्त गर्ने निर्णय गरिएको मन्त्री शर्माले जानकारी दिएकी छिन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्