×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फागुनमा घट्यो बैंकहरुको ब्याजदर, कुन बैंकको कति ? 

PRIME CA

फागुनमा घट्यो बैंकहरुको ब्याजदर, कुन बैंकको कति ? 

२९ माघ २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । फागुन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुको ब्याजदर फागुनमा औसतमा ०.४० बिन्दुले घटेको हो । फागुन महिनाका लागि वाणिज्य बैंकहरुमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसतमा ७.७२ प्रतिशत कायम भएको छ ।

फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका १८ वाणिज्य बैंकमध्ये १४ बैंकले ब्याजदर घटाएका छन् । हिमालयन बैंक, एभरेष्ट बैंक, लक्ष्मी बैंक र माछापुच्छ्रे बैंकले भने फागुनमा माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । फागुन महिनाका लागि सबैभन्दा धेरै ब्याज कृषि विकास बैंकले घटाएको छ । फागुनमा कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेप ०.८१७ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर १.३१७ प्रतिशतले घटाएको छ । योसँगै फागुनमा कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६.४४३ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ४.४४३ प्रतिशत ब्याज दिने भएको छ । 

त्यस्तै, नेपाल बैंकले फागुनमा व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याज दिने भएको छ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर क्रमशः ७.३५ प्रतिशत, ७.४ प्रतिशत, ७.५१ प्रतिशत र ८ प्रतिशत रहेको छ भने संस्थागततर्फको ब्याजदर क्रमशः ५.३५ प्रतिशत, ५.४ प्रतिशत, ५.५१ र ६ प्रतिशत रहेको छ । 

त्यस्तै, फागुनमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.७२ प्रतिशतले घटाएको छ भने संस्थागत मुद्दती निक्षेपतर्फ माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ । त्यस्तै, प्रभु बैंकले फागुन महिनामा व्यक्तिगत मुद्दतीतर्फ ७.५ प्रतिशत र संस्थागतर्फ ५.५ प्रतिशत ब्याजदर तोकेको छ । त्यस्तै, ग्लोबल आइएमई बैंक, नबिल बैंक, नेपाल एसबिआई बैंक, कुमारी बैंक र एनआईसी एशिया बैंकले व्यक्तिगत मुद्दतीतर्फ ७.६ प्रतिशत, ७.७५ प्रतिशत, ८.१ प्रतिशत, ८.०१ प्रतिशत र ८ प्रतिशत ब्याज दिने भएका छन् भने संस्थागततर्फ क्रमशः ५.६ प्रतिशत, ५.७५ प्रतिशत, ६.१ प्रतिशत, ६.०१ प्रतिशत र ६ प्रतिशत ब्याज दिने भएका छन् । 

यस्तै फागुन महिनाका लागि सबैभन्दा धेरै ब्याज एनएमबी बैंकले दिने भएको छ । फागुन महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ८.५० प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याज दिने भएको छ । हिमालयन बैंक, एभरेष्ट बैंक, लक्ष्मी बैंक र माछापुच्छ्रे बैंकले भने फागुनमा पनि माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: