×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाँसबारी जग्गा प्रकरणः हडपेको जग्गा फिर्ता ल्याउन पहल !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बाँसबारी जग्गा प्रकरणः हडपेको जग्गा फिर्ता ल्याउन पहल !

Artha Sarokar

२६ माघ २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सरकारले जग्गा फिर्ताको पहल सुरु गरेको छ । अनधिकृत रुपमा हडपेको बाँसबारीको जग्गा फिर्ताका लागि डिल्लीबजार मालपोत कार्यालयले चौधरी ग्रुप अन्तर्गतको चाँदबाग रेसिडेन्सी प्रालिलाई पत्र पठाएको हो ।

गृह मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको पहलमा मालपोत कार्यालयले चाँदबाग रेसिडेन्सी प्रालिलाई जग्गा फिर्ताको लागि २१ दिने म्याद पत्र बुझाएको छ ।

उक्त पत्रमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालि (चाँदबाग रेसिडेन्सी प्रालि)को नाममा दर्ता कायम रहेको काठमाडौँ नगर-३ सिट नं १०२०९४७-१६ कि.न. ५८ क्षेत्रफल ०४६०७.२० वर्गमिटर, ऐ.ऐ. नाममा दर्ता नगर-३ सिट नं.९४७-२१ कि.नं. १६ क्षेत्रफल ०४८७.०० वर्गमिटर जग्गा फिर्ता गर्न २१ दिनको म्याद दिइएको छ ।

सोही प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यवसायी अरुण चौधरी, अजित नारायण थापा र सञ्जय ठाकुरलाई पक्राउ गरेर जिल्ला अदालत काठमाडौँको आदेशमा तीनै जनालाई हाजिरी जमानीमा रिहा गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी