×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लोकसेवा आयोगले जागिर खुलायो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

लोकसेवा आयोगले जागिर खुलायो

Artha Sarokar

२३ माघ २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रदेश लोकसेवा आयोगले विभिन्न पदमा जागिर खुलाएको छ । आयोगको कर्णाली प्रदेशले स्थानीय सरकारी सेवाका विभिन्न सेवा, समूहका प्राविधिकतर्फ पाँचौँ तहका लागि दरखास्त आह्वान गरेको हो ।

आयोगले एक सूचना जारी गर्दै सब इन्जिनियर, प्राविधि सहायक, पशु स्वास्थ्य प्राविधिक, पशु सेवा प्राविधिक, कम्प्युटर अपरेटर, पब्लिक हेल्थ नर्स, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट र कविराज पदका लागि दरखास्त आह्वान गरेको हो । आयोगले माग गरेको दरखास्तमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका योग्य नागरिकले फागुन १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कर्मचारी छनौट लिखित, कम्प्युटर सीप परीक्षण र अन्तर्वार्तामार्फत हुनेछ । आयोगले माग गरेका सबै पदमा लोक सेवा आयोग कर्णाली प्रदेशको वेबसाइटमार्फत आवेदन दिन सकिनेछ । यस्तो छ आयोगको सूचनाः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी