×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईपीओमा आउन लागेको जनता टेलिभिजनलाई ऋण तिर्न बैंकको ताकेता, ३५ दिनभित्र नतिरे कालोसूचीमा !

PRIME CA

आईपीओमा आउन लागेको जनता टेलिभिजनलाई ऋण तिर्न बैंकको ताकेता, ३५ दिनभित्र नतिरे कालोसूचीमा !

३ फाल्गुन २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । आईपीओमा आउन लागेको जनता टेलिभिजन संचालक कम्पनी जनता प्रकाशन तथा प्रशारण पब्लिक लिमिटेडको आर्थिक अवस्था सार्है खराब रहेको पाइएको छ । बैंकले कर्जा चुक्ता गर्न सार्वजनिक सूचना नै निकालेपछि कम्पनीको ‘हालत खराब’ स्थिति बाहिर आएको हो ।

कम्पनीले लिएको ऋणको सावाँ र ब्याज भुक्तानी गर्न पटक-पटक ताकेता गर्दासमेत बेवास्ता गरेपछि ऋण तिर्न बैंकले कम्पनीका नाममा सार्वजनिक सूचना नै निकालेको हो । अव ३५ दिनभित्र कर्जा नतिरेमा नियमअनुसार कालोसूचीको प्रक्रिया अगाडी बढाउनेसमेत बैंकले जनाएको छ ।
कम्पनीका अध्यक्ष सत्तारुढ नेकपा एकीकृत समाजवादीका नेतासमेत हुन् ।
यता टेलिभिजनले कर्मचारीलाई तलव नदिएको भन्दै केहि समय अघि मात्र पत्रकारहरुले धर्ना नै दिएका थिए । केहिले बीचमा तलव पाएपनि अहिले पनि टेलिभिजनले कर्मचारीलाई समयमा तलव दिन सकेको छैन ।
कम्पनीले आइपीओ जारी गर्ने उद्देश्यले आवश्यक प्रक्रियालाई अगाडि बढाईसकेको छ । जसका लागि निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमीटेड नियुक्त गरी क्यापिटलले काम समेत सुरु गरिसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: