×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कान्तिपुर सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कान्तिपुर सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस 

Artha Sarokar

२ फाल्गुन २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरिएको छ । माघ २९ गते सहकारी विभागले कान्तिपुर सहकारीलाई समस्याग्रस्त घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सिफारिस गरेको हो ।

बचतकर्ताको साढे ६ अर्ब रुपैयाँ हिनामिना गरेका सहकारी सञ्चालकले सोही रकमबाट निजी सम्पत्ति गरेको, घरजग्गा र होटलमा लगानी गरेको पाइएको थियो । 

सहकारीमा रकम हिनामिनापछि बचतकर्ताहरुले सहकारीविरुद्ध प्रहरी र सहकारी विभागमा सहकारीका सञ्चालकविरुद्ध उजुरीसमेत दिएका छन् । सोही उजुरी, सहकारीमा भएको रकम हिनामिना र सहकारीको अवस्थाका आधारमा संस्थालाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरिएको सहकारी विभागका एक अधिकारीले बताएका छन् । 

योसँगै अब मन्त्रालयले विभागले गरेको सिफारिस, प्राप्त प्रमाण र विवरणका आधारमा कान्तिपुर सहकारीलाई सहकारी ऐनको दफा १०४ अनुसार समस्याग्रस्त घोषणा गर्नेछ । 

समस्याग्रस्त घोषणा भएसँगै मन्त्रालयको सिफारिसका आधारमा सहकारी व्यवस्थापन समितिले संस्थाको सम्पत्ति र दायित्वको विवरण यकिन गर्नेछ । साथै, समस्याग्रस्त घोषणा भएपछि सहकारीमा भएको रकम हिनामिनाबारे थप अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई दिइनेछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी