काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र धरासायी बनाउन केही व्यक्तिहरुले अभियान नै चलाएको बताएका छन् । मंगलबार च्यासलस्थित पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठकमा बोल्दै ओलीले यस्तो बताएका हुन् ।
व्यवसायी दुर्गा प्रसाईंलाई टार्गेट गर्दै ओलीले बैंकविरुद्ध हमला गरेर प्रसाईंले अर्थतन्त्र समाप्त पार्न खोजेको पनि आरोप लगाएका छन् ।
ओलीले केही व्यक्तिले देशको अर्थतन्त्र समाप्त पार्नकै लागि नियोजित रुपमा बैंकविरुद्ध हमला गरेको बताएका छन् । त्यस्ता व्यक्तिले मानिसहरुको निक्षेप डुबोस्, बैंकहरु पनि डुबुन् र सबै आयोजनाहरु बैंक डुब्ने बित्तिकै कोल्याप्स होस् भन्ने चाहेर यस्तो अभियान चलाएको आरोप लगाएका छन् । योसँगै ओलीले मुलुकको अर्थतन्त्र नै कोल्याप्स हुनेगरी भएका गतिविधिविरुद्ध सरकारको कुनै सोच नभएको पनि बताएका छन् ।
मंगलबार बैंकको पक्षमा अभिव्यक्ति दिएका ओलीले गत माघमा भने बैंकहरु मिटरब्याजी भएको टिप्पणी गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्