×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘व्यवस्थापनले नै वास्ता नगर्दा’ बैंकको ३ करोड ऋण डुब्यो !

PRIME CA

‘व्यवस्थापनले नै वास्ता नगर्दा’ बैंकको ३ करोड ऋण डुब्यो !

२३ माघ २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । साझा सहकारीमा कृषि विकास बैंकको ३ करोड रुपैयाँ डुबेको छ । बैंकले नै वास्ता नगर्दा मोरङको कानेपोखरी–१ होक्लाबारीस्थित साझा सहकारीमा बैंकको ३ करोड रुपैयाँ डुबेको हो ।

तत्कालीन समयमा कृषी विकास बैंकले सहकारीको सम्पत्ति धितो राखेर ३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । कर्जाबापत लिएको उक्त रकमबाट सहकारीको नाममा जग्गा खरिद गर्नुका साथै भवन निर्माण गरिएको सहकारीका सञ्चालकहरु बताउँछन् । तर, हाल बैंकमा राखिएको धितो लिलामी गरेर पनि बैंकको ऋण चुक्ता हुने स्थिति नरहेको उनीहरुको भनाई छ ।

धितो लिलामी गरेर कर्जा असुली गर्नुपरेको अवस्थामा बैंकले संस्थाको नाममा बबिया, बाहुनी र होक्लाबारीमा रहेको सम्पत्ति लिलाम गर्छ । ‘तर, ती सम्पत्ति लिलाम गर्दा पनि बैंकको ऋण चुक्ता हुँदैन ।’, सहकारीका एक सञ्चालकले भने । यही तथ्य बुझेर पनि बैंकले धितो लिलामीमा चासो नदेखाएको सहकारी सञ्चालकहरु बताउँछन् ।

यसो त उक्त सहकारीले विगत १७ वर्षदेखि साधारण सभासमेत गरेको छैन । सहकारीमा समस्या देखिएर संस्था डुब्दा पनि लगानी गरेको कर्जा असुलीमा बैंकले वास्ता नगरेपछि बैंकको ऋण जोखिममा परेको हो ।

अब न सहकारी बैंकको ऋण चुक्ता गर्ने स्थितिमा छ, न त सम्पत्ति लिलाम गरेरै बैंकको ऋण असुली हुन्छ । यसरी बैंकले नै वास्ता नगरेपछि साझा सहकारीमा रहेको बैंकको ३ करोड डुब्ने निश्चित देखिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: