काठमाडौँ । कुमारी क्यापिटलले सेयर लगानीकर्ताको गोप्य विवरणको दुरुपयोग गरेर म्युचुअल फण्डको प्रचार गरिरहेको पाइएको छ । गोपनियताको अधिकारविरुद्ध हुनेगरी कम्पनीले सेयर लगानीकर्ताका गोप्य हुनुपर्ने इमेल लगायतका विवरणहरुको चरम दुरुपयोग गरेको पाइएको हो ।
अहिले सेयरधनीले विभिन्न अन्य कम्पनीमा एसआईपी गर्दा प्रयोग भएका इमेलमा कुमारी क्यापिटलको इमेल आइरहेको छ । यस विषयमा केहि सेयरलगानीकर्ताहरुले अर्थ सरोकारमा टिपाएको गुनासो भेरिफाई गर्दा कुमारी क्यापिटलले गैरकानुनी रुपमा कतैबाट इमेलको विवरण किनेर वा चोरेर दुरुपयोग गरिरहेको देखिएको छ ।
सेयर लगानीकर्ताहरुले आफुले एनआईबिएल एस क्यापिटलमा एसआईपी गर्दामात्र प्रयोग गरेको इमेलमा हाल कुमारीको प्रचारात्मक सामाग्री आईरहेको दाबी गरेपछि कुमारीको ‘गैरकानुनी धन्दा’ सार्वजनिक भएको हो।
कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले कम्पनीले म्युचुअल फण्डको जानकारी दिन इमेल पठाएको भए पनि सो इमेल विवरण कतैबाट नचोरिएको वा नकिनिएको दाबी गरे । ‘हामीले कतैबाट इमेलको विवरण चोर्ने काम गरेका छैनौँ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै सीइओ शर्माले भने, ‘हामीले कतैबाट ती विवरण किनेको पनि होइन ।’
‘एनआईबिएल एस क्यापिटलमा एसआईपी गर्दा दिएको इमेलमा कुमारी क्यापिटलको प्रचार आउन कसरी सम्भव भयो त ?’ अर्थ सरोकारको प्रश्नमा सीइओ शर्माले भने- ‘ठ्याक्कै कहाँबाट आयो त थाहा भएन, तर हामीले इमेलको विवरण कतैबाट चोरेको वा तानेको छैन ।’

नागरिकको गोपनियताको अधिकार संविधानले नै सुरक्षित गरेको छ । अधिवक्ता केपी न्यौपाने यसरी लगानीकर्ताको तथ्यांक निजको मन्जुरीनामा विना कुनै पनि प्रचारात्मक काममा लगाउन नहुने दाबी गर्छन् । ‘जे कामका लागि सो तथ्यांक दिएको हो, त्यहाँभन्दा बाहिर सो विवरण जानु नै हुँदैन ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘यो केसमा कि एनआईबीएल एस क्यापिटलबाट तथ्यांक चोरिएको हुनुपर्छ, कि सेयर गरिएको हुनुपर्छ ।’
यता धितोपत्र बोर्डले पनि सेयरधनीका विवरणहरु कसैले दुरुपयोग गरेको उजुरी हुने दाबी गरेको छ । ‘विभिन्न कम्पनीहरुले सेयर लगानीकर्ताका विवरण ‘एक आपसमा सेयर गर्ने’ गरेको मौखिक उजुरी यसअघि पनि बोर्डमा प्राप्त भएको थियो । लिखित रुपमा कसैले प्रमाणसहित उजुरी गरे, छानविन गरी आवश्यक कार्वाही हुन्छ ।’ बोर्डका एक अधिकारीले अर्थ सरोकारसँग भने, ‘लगानीकर्ताको उजुरी आउनेबित्तिकै कुमारी क्यापिटलविरुद्ध छानविन र कार्वाही प्रक्रिया अगाडी बढाउँछौँ ।’ एनआईबीएल एसका अधिकारीहरु भने यस्तो विषयमा यसअघि पनि केहि सेयर लगानीकर्ताको उजुरी आउने गरेको र यो केसमा आफुहरु संवेदनशील रहेको बताउँछन् ।
सेयर लगानीकर्ताले यस विषयमा धितोपत्र बोर्डमा उजुरीको तयारी गरेको बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्