×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालको सार्वजनिक ऋण २४ खर्ब नजिक, प्रत्येक नेपालीको भागमा ८२ हजार ऋण !

PRIME CA

नेपालको सार्वजनिक ऋण २४ खर्ब नजिक, प्रत्येक नेपालीको भागमा ८२ हजार ऋण !

६ फाल्गुन २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपालको सार्वजनिक ऋण २४ खर्ब नजिक पुगेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को माघमसान्तसम्मको तथ्यांकअनुसार नेपालको सार्वजनिक ऋण (सरकारी ऋण) २३ खर्ब ८६ अर्ब ७७ करोड रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको अन्त्यसम्म (असार मसान्तसम्म) नेपालको सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो ।

अर्थात, चालु आर्थिक वर्षको पछिल्लो ७ महिनामा मात्रै नेपाल सरकारको नाममा १ खर्ब ६५ अर्ब १० करोड रुपैयाँ सार्वजनिक ऋण थपिएको छ ।

सरकारको सार्वजनिक ऋणको पछिल्लो तथ्यांक अनुसार हाल प्रत्येक नेपालीको टाउकोमा ८२ हजार रुपैयाँ बराबरको ऋण रहेको छ । यो ऋण नेपालको कुल सार्वजनिक ऋणलाई राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ ले भाग गरेर निकालिएको हो ।

माघ महिनासम्मको सार्वजनिक ऋण नेपालको कुल ग्राहस्थ उत्पादनको अनुपातमा करिब ४४.३५ प्रतिशत हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: