×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘गेट अगाडी पर्चा फालेर लघुवित्त पीडितले राष्ट्र बैंकलाई नै पीडित बनाए’- गभर्नर अधिकारी

PRIME CA

‘गेट अगाडी पर्चा फालेर लघुवित्त पीडितले राष्ट्र बैंकलाई नै पीडित बनाए’- गभर्नर अधिकारी

अर्थ सरोकार

१३ फाल्गुन २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्त वित्तीय संस्थाले पीडित बनाएको भन्दै काठमाडौँमा आन्दोलन गर्न आएकाहरुले राष्ट्र बैंकलाई नै पीडित बनाएको बताएका छन् । गभर्नर अधिकारीले पछिल्ला केही दिनदेखि गभर्नरको राजिनामा, लघुवित्तको खारेजी लगायतका माग राख्दै राष्ट्र बैंक अगाडी धर्ना दिईरहेका लघुवित्त पीडितहरुको आन्दोलनका कारण राष्ट्र बैंक नै पीडित भएको बताएका हुन् ।

‘अहिले लघुवित्तबाट पीडित भयौँ भन्नेहरु काठमाडौँमा आन्दोलन गरिहनु भएको छ । तर, उहाँहरुको आन्दोलनका कारण उल्टै राष्ट्र बैंक पीडित भएको छ ।’, गभर्नर अधिकारीले भने, ‘आन्दोलन भन्यो, आयो, राष्ट्र बैंकको गेटमा पर्चा फ्याँकेर जान्छन् । लघुवित्त पीडितको आन्दोलनका कारण पीडित त हामी भईसक्यौँ ।’

गभर्नर अधिकारीले लघुवित्तबाट पीडित भयौँ भन्नेहरु जानुपर्ने ठाउँमा नगएर सडकमा गएको भन्दै गुनासो पनि गरेका छन् । ‘राष्ट्र बैंकमा गुनासो सुनुवाई इकाई छ । तर पीडितहरु सडकमा गएका छन् ।’, उनले भने, ‘आउनुपर्ने ठाउँमा नआएर पीडितहरु सडकमा जाँदा थप समस्या भएको छ ।’

त्यस्तै, गभर्नर अधिकारीले लघुवित्त पीडितहरुको हकमा नियम विपरित कसैले ऋणीबाट ब्याज असुली गरेको भए फिर्ता हुने दाबी गरेका छन् । साथै उनले लघुवित्तका पीडितहरुलाई सडक छोडेर समस्या भए राष्ट्र बैंकको गुनासो सुन्ने इकाईमा आउन पनि आग्रह गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: