×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी बिकास बैंकको सीइओमा दिपेश लम्साल नियुक्त, कार्यकाल भने पूरा नहुने !

PRIME CA

महालक्ष्मी बिकास बैंकको सीइओमा दिपेश लम्साल नियुक्त, कार्यकाल भने पूरा नहुने !

२३ माघ २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । महालक्ष्मी बिकास बैंकको सीइओमा दिपेश लम्साल नियुक्त भएका छन् । बोर्डसँग कुरा नमिलेपछि तत्कालीन सीइओ बोदराज देवकोटाले पद छोडेसँगै लम्साललाई कामु सीइओ बनाइएको थियो । आज बसेको बैंकको संचालक समितिले उनलाई सीइओ पदमा नियुक्त गरेको हो ।

यद्यपी, उनको कार्यकाल पूरा हुने विषयमा भने संचालकहरु नै ‘कन्फीडेण्ट’ नरहेको पाइएको छ । उनको विकल्पमा राम्रो सीइओ भेटिने बित्तिकै उनलाई बैंकबाट बिदा गर्ने योजना राखेरै उनलाई सीइओ बनाइएको बैंकका केहि संचालकहरुको दाबी छ ।
बैंकका संचालकहरुका अनुसार लम्सालले नै अप्रुभल उठाएका धेरै फाइलमा अहिले समस्या छ । यहि कारण उनीप्रति बैंकको कन्फीडेन्स नरहेका कारण तत्कालका लागि अर्को सीइओ नपाउञ्जेलसम्मका लागि उनलाई सीइओमा नियुक्ति दिईएको हो ।
यता बैंकका सीइओ लम्सालले पनि ‘अर्को व्यवस्था नहुन्जेलसम्मका लागि मात्र तपाईं नियुक्ति हुनुभएको हो ?’ भन्ने प्रश्नमा ‘हुन सक्छ’ भन्ने प्रतिक्रिया दिएका छन् । यद्यपी आफुलाई नियुक्ति भने ४ बर्षकै दिईएको उनको दाबी छ ।  ‘… तर, मलाई नियुक्तिचाहिँ ४ बर्षकै दिईएको छ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने।
विशेषगरी चार्टड एकाउन्टेन्टहरुको विरोधी बैंकरका रुपमा चिनिएका उनको केहि समय अगाडी सो बैंकमा सिएलाई मेनेजमेन्ट ट्रेनीका रुपमा माग भएपछि चौतर्फी विरोध भएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: