×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बरु गोली खान तयार छौँ, तर माग पूरा नभएसम्म घर फर्किन्नौँ’

अर्थ सरोकार

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार

PRIME CA

‘बरु गोली खान तयार छौँ, तर माग पूरा नभएसम्म घर फर्किन्नौँ’

काठमाडौँ । २३ दिनको पैदल यात्रापछि काठमाडौँ पुगेका मिटरब्याज पीडितहरुले सरकारले आफूहरुको माग सम्बोधन नगरेसम्म सडक आन्दोलन नरोक्ने बताएका छन् । काठमाडौँमा प्रदर्शनका क्रममा पीडितहरुले सरकारको गोली खानपरे पनि आफूहरु तयार रहेको भन्दै माग सम्बोधन नभएसम्म धर्ना जारी राख्ने बताएका हुन् ।

उनीहरुले सरकारले साहुजीहरुको तमसुक खारेज र बैंकका धितो फिर्ता नगरेसम्म आन्दोलन नरोकिने जिकिर गरेका छन् । पीडितहरुले एक लाख ऋण लिँदा मिटरब्याजीले चार गुणा बढाएर तमसुक बनाएर अदालतमा मुद्दा दायर गरेर घरजग्गा रोक्दा गरेको गुनासो गरे । पीडितहरुले साहुको ऋण तिर्न लघुवित्तबाट ऋण लिँदा अझ बढी मर्कामा परेको पनि बताएका छन् । उनीहरुले लघुवित्तले पनि दुई लाख ऋण लिँदा ३ वर्षमा बढेर ८ लाख भएको भन्दै ऋण तिर्न टर्चर दिएको गुनासो गरेका छन् ।

रौतहटबाट २३ दिन पैदल यात्रा गरेर काठमाडौं आएका सकिम रहिम रायहीमले सरकारले न्याय नदिएसम्म घर नफर्किने योजना रहेको बताए । ‘एक लाख लिएको तमशुकमा ४ लाख बनायो । ४ लाख बराबरको अदालतमा मुद्दा हालेको छ । घरजग्गा सबै अदालतले रोक्का गरेको छ । साहुको ऋण्ढा तिर्न लघुवित्तबाट ऋण लिएको महिलाले त्यसमा पनि पीडित बनायो । लघुवित्तको एक लाख तिरेको छु । तर, सबै बाँकी छ भनिरहेको छ ।’, उनले भने, ‘ समस्या समाधानका लागि सरकारसँग माग गरिरहेका छौं । माग सम्बोधन नभएसम्म कोही पनि जाँदैन । पीडितहरु मर्न पनि तयार छन् ।’

अर्का मिटरब्याजी पीडित परेखी महत्तोले पनि १ लाख १५ हजार ऋण लिएको महाजनबाट त्यसमा ८ लाखको तमसुक बनाएर जग्गा सम्पती रोक्का गरिदिँदा समस्यामा परेको बताएका छन् । उनले सम्पती बेचेर ऋण तिर्न समेत नपाएको बताएका छन् । महत्तोले पनि सरकारबाट न्याय नपाएसम्म काठमाडौंको सडकमा नै बस्ने बताउनु बताएका छन् ।

त्यस्तै, महोत्तरीबाट आएकी अर्की मिटरब्याजी पीडित गौरीमाया बराइलीले मिटरब्याजी मात्रै नभएर लघुवित्त र बैंकले दिएरको दबाब बढिरहेको बताइन् । उनले बैंकबाट लिएको ३ लाख ऋणको तीन वर्षमा ८ लाख पुगेको भन्दै बैंकले कि घरखाली गर नभएर चाँबी लगाउने चेतावनी दिएकाले आन्दोलनमा आएको बताएकी छिन् । ‘लघुवित्तबाट ऋण लिएको थिए, बैंकमा धितो छ, बैंकले घर खाली गर ताकेता गरेको छ । ऋण लिएको ३ लाखमा ५० हजार धरौटी राखेर २ लाख ५० हजार लिएको हो, तीन वर्षमा ८ लाख भयो ।’, उनले भनिन्, ‘तिर्नेको घरमा चाँबी लगायौं । घरजग्गा बैंकमा छ फिर्ता गर्न माग गर्दा सरकारले सुन्दैन । माग पूरा भएपछि मात्रै फर्कने योजना छ । मरे पनि सरकारले गोली हाने पनि सडकमा आन्दोलन गर्नसकेका छौ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: