काठमाडौं । न्यायको माग गर्दै झापाको मेचीपुल र कञ्चनपुरको महेन्द्रनगरबाट पैदलमार्चमा निस्किएका मिटरब्याजपीडितहरू काठमाडौं आइपुगेका छन् ।
सिंहदरबारसम्म मार्चपासको तयारी गरेका मिटरब्याज पीडितहरुलाई नेकपा एमालेका काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौला र बामगती प्रदेशको भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँल लगायत भेट्न पुगेका छन् ।
माघ १६ गतेदेखि पैदल यात्रा थालेका उनीहरुले बुधबार राति त्रिभुवन पार्कमा चिसो भुँइमा रात कटाएका थिए । बाँकी तस्विरमा हेर्नुहोस् :