काठमाडौँ । भारतीय अर्बपति मुकेश अम्बानी विश्वकै दोस्रो शक्तिशाली सीईओ बनेका छन् । ‘ब्राण्ड गार्जियनशिप इन्डेक्स २०२४’ अनुसार रिलायन्स इन्डष्ट्रिज लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अम्बानी लगातार दोस्रो पटक विश्वकै दोस्रो शक्तिशाली सीईओ बनेका हुन् ।
उनले माइक्रोसफ्टका सत्य नदेल्ला, गगलका सुन्दर पिचाई, एप्पलका टिम कुक र टेस्लाका सीईओ एलन मस्कलाई पनि पछि पारेका छन् ।
हाल अम्बानीले जुन गतिमा आफ्नो व्यवसाय विस्तार गरिरहेका छन्, यही गतिले निरन्तरता पाए उनी छिट्टै नै शीर्ष स्थानमा पुग्ने देखिएको छ ।