×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुकेश अम्बानीको रिलायन्स बन्यो सबैभन्दा मूल्यवान कम्पनी ! 

PRIME CA

मुकेश अम्बानीको रिलायन्स बन्यो सबैभन्दा मूल्यवान कम्पनी ! 

१ फाल्गुन २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । भारतीय खर्बपति मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिज लिमिटेड भारतकै सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । बर्गन्डी प्राइभेट र हुरुन् इन्डियाको रिपोर्टअनुसार रिलायन्स कम्पनी लगातार तेस्रो पटक भारतको सबैभन्दा मूल्यवान कम्पनी बनेको हो ।

बर्गन्डी प्राइभेट र हुरुन् इन्डियाले सार्वजनिक गरेको रिपोर्टअनुसार हाल रिलायन्सको बजार पूँजीकरण १५६ खर्ब भारु रहेको छ । 

त्यस्तै, भारतको मूल्यवान कम्पनीको सूचीमा रिलायन्सपछि टाटा ग्रुपको टेक कम्पनी टीसीएस दोस्रो नम्बरमा रहेको भने तेस्रो नम्बरमा एचडीएफसी तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेको टीसीएसको बजार पूँजीकरण १२४ खर्ब भारु र एचडीएफसीको बजार पूँजीकरण ११३ खर्ब भारु रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: