काठमाडौँ । नेपाल राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंकलाई कार्वाही गरेको छ । ऋणीको हितविपरीतत काम गरेको प्रमाणित भएपछि राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंकलाई कार्वाही गरेको हो ।
राष्ट्र बैंकको निरीक्षणका क्रममा बैंकले व्यक्तिगत तथा सामूहिक जमानीमा प्रवाह भएको विपन्न वर्ग कर्जाका ग्राहकबाट शुल्क लिई खडा गरेको ग्राहक संरक्षण कोषमा जम्मा भएको रकम कम्पनी ऐनको दफा ९३, संस्थाको ग्राहक संरक्षण कोष सञ्चालन कार्यविधि, २०७९ तथा संस्थागत सुशासनको मर्म र भावना विपरीत निर्णय गरी ऋणी ग्राहक सदस्यको सामूहिक हित नहुने अन्य उद्धेश्यमा खर्च गरेको पाइएको थियो ।
बैंकले ऋणीको हितविपरीत कार्य गरेको प्रमाणित भएपछि बैंकले उक्त रकम फिर्ता गरेको भनी जानकारी समेत गराएको थियो ।
तर, नीति विपरीत ग्राहक संरक्षण कोषको प्रयोगबाट वित्तीय संस्थाका निक्षेपकर्ता र सर्वसाधारणको हित विपरीतको कार्य भएकोले राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम कार्वाही गरेको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, राष्ट्र बैंकले सोही ऐनअनुसार बैंकको सञ्चालक समिति, सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई पनि सचेत गराएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्