×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ कृषि कम्पनीको संचालकमा पूर्व मिस नेपाल सुगारिका केसी नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मुक्तिनाथ कृषि कम्पनीको संचालकमा पूर्व मिस नेपाल सुगारिका केसी नियुक्त

Artha Sarokar

२३ माघ २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको संचालकमा पूर्व मिस नेपाल सुगारिका केसी नियुक्त भएकी छिन् ।

कम्पनीको माघ २२ गते सम्पन्न सञ्चालक समितिको बैठकको निर्णय बमोजिम कम्पनीको सर्वसाधारण समुहबाट प्रतिनिधित्व गर्ने संचालक रिक्त रहेको सन्दर्भमा, कम्पनी ऐनको दफा ९० को उपदफा ३ र मुक्तिनाथ कृषि कम्पनीको नियमावलिको नियम २७ को उपनियम ४ बमोजिम धापाखेल, ललितपुर जन्म भई हाल सुर्यविनायक, भक्तपुर निवासी सुगरिका के.सी. लाई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गर्ने गरी नियुक्ति गरेको हो ।

कृषिमा आधारीत अर्थतन्त्र भएको नेपालमा सर्वसाधारणको तर्फबाट संचालकमा के.सी.को नियुक्तिले आम कृषक, उपभोक्ता, व्यवसायिक साझेदार, लगानीकर्ता र सम्पूर्ण सरकारी तथा गैरसरकारी सरोकारवालाहरुमा कृषि क्षेत्र प्रति थप आकर्षण र सकारात्मक सन्देश प्रवाह हुने कम्पनीले अपेक्षा गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी