काठमाडौँ । बाराबाट नक्कली नोटको कारोबार गर्ने ग्याङ्ग नै पक्राउ परेको छ । नक्कली नोटको कारोबार गरेको भन्ने सूचनाका आधारमा प्रहरीले एक हजार दरका नेपाली नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सर्लाहीका ४४ वर्षीय रामचन्द्र महतो कोइरी, बाराका सुमित साह, सन्तोष पटेल, पर्साका विशाल कुमार श्रीवास्तव र नीरज श्रीवास्तव रहेका छन् ।
नक्कली नोटको कारोबार गर्दै गरेको भन्ने सूचनाका आधारमा सुरुमा एकजनालाई पक्राउ गरेको र बाँकी ४ जनालाई अन्य ठाउँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले एक हजार दरका ६१ थान नक्कली नोट, सीमकार्ड र ७ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
कसरी चिन्ने सक्कली र नक्कली नोट ?
नक्कली नोट र सक्कली नोटमा धेरै फरक हुने भएकाले छुट्याउन धेरै गाह्रो हुँदैन । सक्कली नोट खस्रो हुन्छ । साथै अंकहरुसमेत केही उठेका हुन्छन् । छाम्दाखेरी चिल्लो छ र अंकहरु उठेका छैनन् भने त्यो नोट नक्कली हो। सक्कली नोटको बीच भागमा सुरक्षा धागो हुन्छ । नोटलाई उज्यालोतिर फर्काएर हेरेमा नेपाल राष्ट्र बैंक लेखिएको पढ्न सकिन्छ । नक्कली नोटमा राखिएको सुरक्षा धागोले नोटका अक्षरहरु छोपिएका हुन्छन् ।नक्कली नोटका कारोबारीहरुलाई ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने मुलुकी अपराध संहिताको दफा २५६ मा व्यवस्था छ । (भिडियो)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्