×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनसरीबाट बरामद एक करोड बढी नक्कली नोटमा कसरी आयो एनआईसी एशियाको ट्याग ? अनुसन्धान गर्दै प्रहरी

PRIME CA

सुनसरीबाट बरामद एक करोड बढी नक्कली नोटमा कसरी आयो एनआईसी एशियाको ट्याग ? अनुसन्धान गर्दै प्रहरी

२९ माघ २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सुनसरीबाट प्रहरीले बरामद गरेको एक करोड ८२ लाख ५१ हजार नेपाली नक्कली नोटको गड्डीमा एनआईसी एशिया बैंकको ट्याग राखिएको फेला परेको छ । इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट बरामद भएको नक्कली नोटमा एनआईसी एशिया बैंकको ट्याग राखिएको फेला परेको हो ।

उक्त नक्कली नोटमा राखिएको ट्याग पनि नक्कली नै हो वा नक्कली नोटका कारोबारीले बैंकका कुनै शाखाबाट सो ट्याग ल्याए वा बैंकका कर्मचारीको यस विषयमा कुनै कनेक्सन छ भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सो नक्कली नोटको गड्डीमा एनआईसी एशिया बैंकको ट्याग मात्रै प्रयोग भएको छैन, बरु बैंकको छाप र कर्मचारीले गर्ने सही पनि गरिएको छ । सो छाप र सही एनआईसी एशिया बैंकका कर्मचारीको हो वा होइन भन्ने विषयमासमेत प्रहरीले अनुसन्धान गरिरहेको छ ।

शंकास्पद अवस्थाको स्कोरपियो गाडी राखेर खानतलासी गर्दा पछाडिको भागमा लुकाईछिपाई ल्याइएको नक्कली नोटहरु बरामद भएको थियो । बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको प्रहरीले भनाई छ । पक्राउ पर्नेमा चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयद छन् । घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: