×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झण्डै २ करोड नक्कली नोटसहित समातिएका २ युवक जेल चलान, कसरी चिन्ने सक्कली र नक्कली नोट ? (भिडियोसहित)

GLOBAL IME BANK

झण्डै २ करोड नक्कली नोटसहित समातिएका २ युवक जेल चलान, कसरी चिन्ने सक्कली र नक्कली नोट ? (भिडियोसहित)

१६ फाल्गुन २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सर्लाहीबाट डेढ लाख रुपैयाँ नक्कली नोटसहित पक्राउ परेका दुईजना जेल चलान भएका छन् । सर्लाहीको हरिवनबाट एक लाख ७२ हजार रुपैयाँ नक्कली नोटसहित पक्राउ परेका २३ वर्षीय अमरेन्द्र महरा र ३६ वर्षीय सञ्जय सहनी जेल चलान भएका हुन् । उनीहरुलाई जिल्ला अदालत सर्लाहीको आदेशअनुसार जेल चलान गरिएकोइ इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

उनीहरुलाई प्रहरीले गत माघ १८ गते प्रदेश-२-०२७ प ४२५६ नम्बरको मोटरसाइकल र बीआर ३० एसी ८३१८ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको थियो ।

उनीहरुको साथबाट प्रहरीले १ लाख ७२ हजार नक्कली नोटसहित नोट साईजमा काटिएका सादा कागजका २१ थान बण्डल पनि बरामद गरेको थियो । उनीहरु नक्कली नोटको कारोबार गर्ने गिरोहका सदस्य भएको आशंकामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

कसरी चिन्ने सक्कली र नक्कली नोट ?
नक्कली नोट र सक्कली नोटमा धेरै फरक हुने भएकाले छुट्याउन धेरै गाह्रो हुँदैन । सक्कली नोट खस्रो हुन्छ । साथै अंकहरुसमेत केही उठेका हुन्छन् । छाम्दाखेरी चिल्लो छ र अंकहरु उठेका छैनन् भने त्यो नोट नक्कली हो। सक्कली नोटको बीच भागमा सुरक्षा धागो हुन्छ । नोटलाई उज्यालोतिर फर्काएर हेरेमा नेपाल राष्ट्र बैंक लेखिएको पढ्न सकिन्छ । नक्कली नोटमा राखिएको सुरक्षा धागोले नोटका अक्षरहरु छोपिएका हुन्छन् ।नक्कली नोटका कारोबारीहरुलाई ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने मुलुकी अपराध संहिताको दफा २५६ मा व्यवस्था छ । (भिडियो)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: