×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नारायणी डेभलपमेन्ट बैंक पनि राष्ट्र बैंकको कार्वाहीमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नारायणी डेभलपमेन्ट बैंक पनि राष्ट्र बैंकको कार्वाहीमा

Artha Sarokar

२ फाल्गुन २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई कार्वाही गरेको छ । अनिवार्य नगद मौज्दात नपुर्याएको र कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) कायम नगरेको भन्दै राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई कार्वाही गरेको हो ।

राष्ट्र बैंकका अनुसार बैंकले चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म पहिलो पटक , दोस्रो पटक र तेस्रो पटक मा नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम कायम नगरेको पाइएपछि राष्ट्र बैंक ऐन, २०५८ अनुसार कार्वाही गरेको जनाएको छ ।

उक्त बैंकलाई राष्ट्र बैंकले कार्वाहीस्वरुप बैंकबाट जारी इ.प्रा निर्देशन नं.१३/०८० को बुँदा नम्बर १ को उपबुँदा ३,४ र ५ र इ.प्रा. निर्देशन नम्बर २१/८० को बुँदा नम्बर ७ (संशोधनसमेत)मा भएको व्यवस्था अनुसार १२ हजार ८ सय ४६ रुपैयाँ २८ पैसा नगद जरिवाना गराएको छ ।

त्यस्तै, राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकले कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) पनि कायम नगरेको भन्दै २ लाख ४१ हजार ९ सय २४ रुपैयाँ ०१ पैसा नगद जरिवाना तिराएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी