काठमाडौँ । साताको कारोबारको अन्तिम दिन (आज) बिहिबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा बिहीबार नेप्से परिसूचक ३०.९२ अंकले घटेर २०६७.०१ बिन्दुमा पुगेको हो ।
बिहीबार नेप्सेमा कुल ३०९ कम्पनीको १ करोड १५ लाख १४ हजार ५ सय ७१ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १८ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ५४ करोड १ लाख ८४ हजार १ सय ८६ रुपैयाँ को सेयर कारोबार भएको हो ।