×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा सूचीकृत २७१ कम्पनीको वर्गीकरण, एनआईसी एशिया ‘बि’ वर्गमा झर्यो, उत्कृष्ट ‘ए’मा कुन-कुन कम्पनी परे ?

अर्थ सरोकार

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार

PRIME CA

नेप्सेमा सूचीकृत २७१ कम्पनीको वर्गीकरण, एनआईसी एशिया ‘बि’ वर्गमा झर्यो, उत्कृष्ट ‘ए’मा कुन-कुन कम्पनी परे ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत २७१ कम्पनीको वर्गीकरण सार्वजनिक गरेको छ । नेप्सेले सूचीकृत कम्पनीहरुको चुक्ता पूँजी, कारोबार, नाफा र वित्तीय स्थितिका आधारमा ‘ए’, ‘बी’, ‘जी’ र ‘जेड’ गरी चार वर्गमा वर्गीकरण गरेको हो ।

नेप्सेको वर्गीकरणका आधारमा सबैभन्दा उत्कृष्ट ‘ए’ वर्गमा ३१ वटा कम्पनीहरु परेका छन् । जसमा ८ वटा वाणिज्य बैंक, ७ वटा विकास बैंक, एउटा फाइनान्स कम्पनी, ६ वटा माइक्रोफाइनान्स र ३ वटा हाइड्रोपावर कम्पनी रहेका छन् । चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको, सञ्चालनमा आएको तीन वर्ष पुरा भएकोदेखि विगत ३ वर्षदेखि लगातार नाफामा गएर लाभांश वितरण गरिरहेका कम्पनीलाई ‘ए’ वर्गमा परेका हुन् ।

त्यस्तै, नेप्सेले चुक्ता पूँजी कम्तीमा ५० करोड भएका, नेप्सेमा सूचीकरण भएको ३ वर्ष पुगेको तर पछिल्लो तीन आर्थिक वर्षमध्ये दुई आर्थिक वर्षमा नाफा गरेको, संचित नोक्सानी नरहेको र आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारणसभा गरेका ३५ कम्पनीलाई ‘बी’ वर्गमा वर्गीकरण गरेको छ । नेप्सेका अनुसार वाणिज्य बैंकहरुमध्ये सबैभन्दा अब्बल भनिएको एनआईसी एशिया बैंक पनि ‘बी’ वर्गमा झरेको छ । एनआईसी एशिया बैंकसँगै हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक, एनएमबि बैंक र प्राइम बैंक पनि ‘बी’ वर्गमा परेका छन् ।

यस्तै, नेप्सेले सूचीकृत भएको दुई वर्ष पूरा नभएका ७० वटा कम्पनीहरुलाई वर्गीकरणको ‘जी’ वर्गमा र अघिल्लो तीन समूहमा नपरेका १३५ कम्पनीलाई अन्तिम वर्ग ‘जेड’मा राखेको छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: