काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक २७.२१ अंकले घटेर २०३४.८२ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३१५ कम्पनीको १ करोड ७ लाख ७२ हजार ४ सय ८३ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ७७ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ४० करोड ९० लाख २ सय ५२ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा बोटलर्स नेपाल (बालाजु) लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो। यस अलवा समाज लघुवित्त वित्तीय संस्था, किसान लघुवित्त, युनिअन हाइड्रोपावर, आशा लघुवित्त र मोलुङ्ग हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ४० करोड ९० लाख २ सय ५२ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा एनआइसी एशिया, जोशी हाइड्रोपावर एण्ड डेभलपमेन्ट, सगरमाथा जल विद्युत कम्पनी, युनिअन हाइड्रोपावर र ङ्गादि हाइड्रोपावरमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा समलिंग पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले घटेको हो । समलिंग पावरमा यस्तो गिरावट आउँदा दोर्दी खोला जल विद्युत, पाँचथर पावर, बाराही हाइड्रोपावर र एनआइसी एशिया ग्रोथ फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्