काठमाडौं। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ०.८७ अंकले घटेर २०००.७७ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३०८ कम्पनीको ५१ लाख १५ हजार ६ सय ५८ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ३ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको १२ करोड ६९ लाख ६५ हजार ५ सय ५४ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा बिशाल बजार कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्