Skip to content
LAXMI SUNRISE BANK

बुधबार ०.८७ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौं। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ०.८७ अंकले घटेर २०००.७७ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३०८ कम्पनीको ५१ लाख १५ हजार ६ सय ५८ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ३ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको १२ करोड ६९ लाख ६५ हजार ५ सय ५४ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा बिशाल बजार कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK