काठमाडौँ । अन्तत: नियामक नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकले शाखा बन्द गर्न निवेदन दिएको स्वीकारेको छ । राष्ट्र बैंकका सहप्रवक्ता डा. भागवत आचार्यले राष्ट्र बैंकमा शाखा बन्द गर्न एनआईसी एशिया बैंकले निवेदन दिएको सत्य भएको पुष्टी गरेका हुन् । यद्यपी उनले राष्ट्र बैंकले त्यसमा स्वीकृति भने नदिईएको दाबी गरेका छन् ।
‘बैंकले शाखा बन्द गर्न निवेदन दिएको सत्य हो ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै डा. आचार्यले भने- ‘तर हामीले स्वीकृति नदिएको हो ।’
केहि समय अगाडीमात्र एनआईसी एशिया बैंकले शाखा बन्द गर्न निवेदन दिएको खबर अर्थ सरोकारले प्रकाशन गरेपछि बैंकले सार्वजनिक विज्ञप्ति नै जारी गरेर सो समाचारको खण्डन गरेको थियो । यद्यपी नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकले शाखा बन्द गर्न निवेदन दिएको तर आफुहरुले स्वीकृति नदिएको दाबी गरेको छ ।
मंगलबार योहो टेलिभिजनमा बोल्दैसमेत डा. आचार्यले एनआईसी एशिया बैंकले शाखा बन्द गर्न निवेदन दिएको सत्य भएको पुष्टी गरेका थिए । यस विषयमा बुझ्न डा. आचार्यलाई फोन गर्दा उनले एनआईसी एशिया बैंकले शाखा बन्द गर्न निवेदन दिएको सत्य भएको दोहोर्याएका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्