काठमाडौँ । एनआईसी एशिया बैंकलाई नेपाल राष्ट्र बैंकले कार्वाहीको तयारी गरेको छ । सीमा मिचेर घरजग्गा ऋण प्रवाह गरेको पाईएपछि नियामक राष्ट्र बैंकले एनआईसी एशियालाई कार्वाही गर्ने तयारी गरेको हो ।
बैंकले घरजग्गा कर्जा प्रवाह गर्दा एकीकृत निर्देशन, २०८०को उल्लंघन गरेको पाईएपछि कार्वाहीको तयारी गरिएको राष्ट्र बैंक स्रोतको दाबी छ । राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन, २०८० अनुसार बैंक तथा वित्तीय संस्थाहरुले आफूले प्रवाह गरेको कुल कर्जाको २५ प्रतिशतसम्म मात्रै घरजग्गा कर्जा प्रवाह गर्न पाउँछन् । तर, एनआईसी एशिया बैंकले भने घरजग्गा क्षेत्रमा मात्रै ३० प्रतिशतभन्दा बढी ऋण प्रवाह गरेको पाईएको छ ।
‘हाकाहाकी नियम मिच्ने काम भयो । यहि बेला राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नरले खुलेरै गभर्नर महाप्रसाद अधिकारी एनआईसी एशिया बैंकको बचाउमा लागेको आरोप लगाईरहनुभएको छ । त्यसैले, अव पनि कार्वाही नगर्दा गलत सन्देश जान्छ ।’, राष्ट्र बैंकका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने, ‘कि मौद्रिक नीतिमै व्यवस्था गरेर नयाँ नियम ल्याउनुपर्यो, कि सो बैंकलाई कार्वाही गर्नुपर्यो भन्ने कुरा राष्ट्र बैंकमा उठेको छ । गर्न पनि एनआईसीले मनपरी नै गरिरहेको छ ।’
राष्ट्र बैंकका ती अधिकारीका अनुसार बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म कुल ३ खर्ब २ अर्ब ६५ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । जसमध्ये बैंकले घरजग्गामा मात्रै ३०.४७ प्रतिशत अर्थात ९२ अर्ब २३ करोड रुपैयाँ प्रवाह गरेको छ । जुन राष्ट्र बैंकको निर्देशन विपरित छ ।
यता, राष्ट्र बैंकले कार्वाही गर्ने चर्चा सुरु भएसँगै एनआईसी एशिया बैंकको नियामक दौडाई सुरु भएको छ । बैंकलाई कार्वाही नगर्नका लागि चर्को दबाब दिन बैंकका अधिकारीले गभर्नर फकाउनेदेखि संचालक भेट्ने कामसम्म सुरु गरेको राष्ट्र बैंकका अधिकारीको भनाई छ । यस विषयमा बैंकको धारणा लिन खोज्दा बैंकका सूचना अधिकारी अर्जुन खनियाँले फोन नै उठाएनन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्