×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काममा फर्किए एनआईसीका डेपुटी सीइओ पाण्डे, साखा बन्दबारे औपचारिक खण्डन, आफ्नो राजिनामाबारे  बोलेनन् !

अर्थ सरोकार

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार

PRIME CA

काममा फर्किए एनआईसीका डेपुटी सीइओ पाण्डे, साखा बन्दबारे औपचारिक खण्डन, आफ्नो राजिनामाबारे  बोलेनन् !

काठमाडौँ । एनआईसी एशिया बैंकबाट राजिनामा दिएर पुन: फर्किएका बैंकका डेपुटी सीइओ सुधिर नाथ पाण्डेले एनआईसी एशिया बैंकले शाखा कार्यालयहरू बन्द गर्न नलागेको दाबी गर्दै विज्ञप्ति निकालेका छन् । एनआईसीले ५० वटा शाखा बन्द गर्न नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिएको भन्दै समाचारहरु सार्वजनिक भएको ३ दिनपछि उनले सो समाचारको खण्डन गरेका हुन् ।

विज्ञप्तिमार्फत बैंकले देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन सफल भएको बैंकको दाबी छ ।

उनले किन राजिनामा दिए, र के कारणले फर्किए भन्ने विषयमा भने विज्ञप्ति मौन छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: