×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिज्ञप्ति प्रकाशनमा एनआईसी एशियाको ‘ऐतिहासिक रेकर्ड’ !

PRIME CA

बिज्ञप्ति प्रकाशनमा एनआईसी एशियाको ‘ऐतिहासिक रेकर्ड’ !

२ फाल्गुन २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । एनआईसी एशिया बैंकले विज्ञप्ति प्रकाशनमा ऐतिहासिक रेकर्ड राख्न सफल भएको छ । बैंकले ३ दिनको समयमा ४ विज्ञप्ति प्रकाशन गरेर ऐतिहासिक रेकर्ड राखेको हो ।

केहि समय अगाडी शाखाहरु बन्द गराउन राष्ट्र बैंकमा निवेदन दिएको विषयमा संचारमाध्यममा आएका समाचारहरु बारे धारणा दिन सुरु गरेको एनआईसी एशिया बैंकले पछिल्लो समय बैंकको खराब कर्जा १५ % सम्म  पुगेको भन्ने केहि मिडियाहरुमा आएको समाचार बाहेक सबै समाचारमा आफ्नो  खण्डन गरेको छ ।
बैंकले शाखा बन्द गराउन दिएको आवेदन नदिएको, बैंकका डेपुटी सीइओ सुधिर नाथ पाण्डेको राजिनामा लगायतका विषयमा पनि विज्ञप्ति नै निकालेर आफ्नो धारणा दिएको छ भने बैंकले खुद नाफा लगायतका विषयमा पनि बैंक उत्कृष्ट रहेको भन्दै विज्ञप्ति जारी गरेको छ । यसरी कुनै पनि बाणिज्य बैंकले ३ दिनमा ४ विज्ञप्ति निकालेको यो पहिलो पटक हो ।
 
विज्ञप्तिमा फर्कियो हस्ताक्षर 
पहिलो विज्ञप्तिमा बैंकका प्रमुख अधिकारी सुधिर नाथ पाण्डेले हस्ताक्षर गरेका थिए भने दोश्रो र तेश्रो विज्ञप्तिमा बैंकको हस्ताक्षर र कसैको सहि नै थिएन । तर चौथो विज्ञप्ति आउँदा बैंकको विज्ञप्तिमा हस्ताक्षर र बैंकको छाप फर्किएको छ । विना छाप र हस्ताक्षर बैंकको विज्ञप्ति संस्थागत कसरी हुन्छ भन्ने प्रश्न अर्थ सरोकारले गरेपछि बैंकको विज्ञप्तिमा हस्ताक्षर र छाप फर्किएको हो ।
पछिल्लो समय बैंकले बिज्ञप्ति लगायतका कन्टेन्ट लेख्न बजारमा चलेका आर्थिक पत्रकारहरुलाई नै जागिर दिएको छ ।
हेर्नुहोस् बैंकको पछिल्लो विज्ञप्ति
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: