×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयरधनीलाई नमन गर्दै एनआईसी एशियाले निकाल्यो आभारपत्र, चौतर्फी प्रशंसा, नयाँ बैंकरको योजना अलपत्र !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सेयरधनीलाई नमन गर्दै एनआईसी एशियाले निकाल्यो आभारपत्र, चौतर्फी प्रशंसा, नयाँ बैंकरको योजना अलपत्र !

४ फाल्गुन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना सेयरधनीलाई नमन गर्दै आभारपत्र निकालेको छ । बैंकले शुक्रबार वाणिज्य बैंकहरुमध्ये आफु उत्कृष्ट बैंक मध्येमा पर्ने दाबी गर्दै यसमा योगदान दिने सबै सेयरधनी, कर्मचारी तथा नियामकहरुप्रति आभार प्रकट गरेको हो ।
केही दिनअघि मात्रै एनआईसी एशिया बैंकले बैंकका विषयमा विभिन्न सञ्चारमाध्यममा आएका समाचारहरुबारे धारणा दिँदै ३ दिनमा चार वटासम्म विज्ञप्ति निकालेको थियो । तर केहि ठुला सञ्चारमाध्यमले ती विज्ञप्ति प्रकाशन गर्न हिचकिचाएपछि बैंकले अहिले सो विज्ञप्ति छाप्न र केहि दिनमा विज्ञापनको प्लान गरेर एउटा सकारात्मक सन्देश छापौंला भन्दै विभिन्न पत्रपत्रिकाको पहिलो पेज बुक गरेका थिए ।
‘मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलताको बाबजुद वित्तीय क्षेत्रमा आज हामी जहाँ छौँ, जे छौँ र जस्तो आकारको छौँ, त्यसको सम्पूर्ण श्रेय यहाँहरुलाई नै जान्छ ।’, बैंकको आभारपत्रमा भनिएको छ, ‘आगामी दिनहरुमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ सेवा एवम् सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्नको लागि सबै सरोकारवालाहरुको हित संरक्षण र संवद्र्धन गर्न मन, वचन र कर्मले अहोरात्र खटिरहने अठोट गर्दछौँ ।’
बैंकले आभार प्रकट गरेर विज्ञप्ति निकाल्ने निर्णय गरेपछि बैंकमा जागिर खान गएका एक पूर्व पत्रकार (नयाँ बैंकर)को योजना भने अलपत्र परेको छ । उनी केही समय यता बैंकलाई प्रयोग गरेर रिस उठेका ३ मिडियाविरुद्ध बैंकभित्रै प्रचारबाजीमा थिए ।
बैंकका सीइओ काठमाडौँमा नभएको, बैंकका सूचना अधिकारी बिदामा बसेको र नायब सूचना अधिकारी बिरामी परेर अस्पताल बसेको मौका पारेर ती नयाँ बैंकरले सीइओलाई ‘मिडियालाई पेलेरै जानुपर्छ, एउटा मिडियाले हाम्रो कुरा लेख्यो भने १० वटा मिडियालाई प्रयोग गरेर त्यसलाई गलत हो भनेर लेख्नुपर्छ’ भन्दै सुझाब दिएका थिए । सुझाव दिननै तलव खुवाइएको भएकाले बैंकले पनि उनको कुरा मानिदियो । उनले लेखेर दिएको सोहि विज्ञप्तिका कारण बैंकका विषयमा झन् त्रास बढेको थियो । ३ मिडियाप्रति रिसइवी राखेर जागिर खाईरहेका उनी विभिन्न टेलिभिजनले बैंक डुबिसक्यो भनेर प्रचार गर्दा भने यसको खण्डन नगरौँ, माहोल बिग्रिएछ’ भनेर सुझाव दिएका छन् ।
यस विषयमा ती नयाँ बैंकरलाई फोन गर्दा उनले बैंकको विज्ञप्ति बैंककै तर्फबाट आएको र यस विषयमा सरोज भट्टराईसँग सोध्न आग्रह गरे । ‘केहि निश्चित मिडियासँग रिसइवी राखेर विज्ञप्ति निकाल्ने अनि अरु मिडियाले बैंक डुबिसक्यो भनेर प्रचार गर्दा पनि चुप लागेर बस्ने परामर्श तपाईंले दिनुभएको हो ?’ भन्ने विषयमा प्रश्न गर्दा भने उनले आफु मिटिङमा रहेको भन्दै पछि कुरा गर्ने भन्दै फोन राखे ।
यता बैंकका ‘मिडिया हेर्ने’ कर्मचारी भट्टराईले भने विज्ञप्ति धेरै निकालियो भनेर अव ननिकाल्ने भन्ने निर्णय गरेको बताएका छन् । ‘३-४ वटा निकालिहालियो, अव ननिकाल्ने भन्ने भएर थप विज्ञप्ति ननिकालेको हो ।’ अर्थ सरोकारसँगको कुराकानीमा भट्टराईले भने, ‘हाम्रो कोहिसँग रिसईवी छैन। सिधै माथि कुरा हुनेहरुसँग हामीलाई कुरा गर्नु पनि छैन।’
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: