×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘एनआईसी एशियाले हजारौँलाई रोजगारी दिएको, राज्यलाई अरवौं कर दिएको र बैंकिङ पहुँचमा क्रान्ति गरेको बिर्सनु हुँदैन’ 

PRIME CA

‘एनआईसी एशियाले हजारौँलाई रोजगारी दिएको, राज्यलाई अरवौं कर दिएको र बैंकिङ पहुँचमा क्रान्ति गरेको बिर्सनु हुँदैन’ 

९ फाल्गुन २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सेयर गुरुका नामले परिचित सुबास चन्द्र भट्टराईले एनआईसी एशिया बैंकले हजारौंलाई रोजगारी दिएको र बैंकिङ पहुँचमा क्रान्ति गरेको योगदान बिर्सन नहुने बताएका छन् । एनआईसी एशिया बैंकलाई लिएर विभिन्न खाले टिकाटिप्पणी भईरहेका बेला भट्टराईले यस्तो बताएका हुन् ।
‘एनआईसी एशिया बैंकका कारण जनताले ठाउँठाउँमा बैंकिङ सेवा पाएका छन् । हजारौँले रोजगारी पाएका छन्, सरकारले कर पाएको छ । यो कुरा बिर्सनुहुँदैन ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै भट्टराईले भने, ‘बैंकले विभिन्न ठाउँमा शाखा खोलिदिँदा धेरैले सहजै बैंकिङ पहुँच पाएका छन् । थुप्रैको रोजीरोटी चलेको छ ।
भट्टराईले एनआईसी एशियाले अरवौं कर तिरेर राज्यलाई दिएको योगदान पनि उल्लेखनीय भएको दाबी गरे । ‘सरकारलाई एनआईसी एशिया बैंकले दिएको योगदान सानो छैन । यस विषयमा सबै लगानीकर्ताले सोच्नुपर्छ । एनआईसी एशिया मात्र होइन, सबै बैंक हाम्रो हो । बैंक सबैको सम्पत्ति हो, यसलाई बचाउने हाम्रो दायित्व हो ।’ भट्टराईले भने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: