×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चलाउन नसकेपछि आफ्ना ५० शाखा बन्द गर्दै एनआईसी एशिया बैंक, अघि बढ्यो प्रक्रिया…

PRIME CA

चलाउन नसकेपछि आफ्ना ५० शाखा बन्द गर्दै एनआईसी एशिया बैंक, अघि बढ्यो प्रक्रिया…

२५ माघ २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । एनआईसी एशिया बैंकले एकैपटक ५० शाखा बन्द गर्ने भएको छ । चलाउन नसकेपछि बैंकले देशभरका कम्तीमा ५० शाखा र एक दर्जन विस्तारित (एक्सटेन्सन) काउन्टर बन्द गर्न लागेको हो ।

शाखा तथा एक्सटेन्सन काउन्टर बन्द गर्नका लागि बैंकले नेपाल राष्ट्र बैंकमा पनि निवेदन दिइसकेको छ । बैंकको निवेदनमा राष्ट्र बैंकले स्वीकृति दिएसँगै बैंकको शाखा कार्यालय बन्द गर्न प्रक्रिया अघि बढाउनेछ । राष्ट्र बैंक स्रोतका अनुसार बैंकले सरकारका विभिन्न मन्त्रालय, विभाग तथा कार्यालयमा राखिएका एक्सटेन्सन काउन्टर र ग्रामीण क्षेत्रमा रहेका बैंकका शाखामा खर्च अत्याधिक रहेको र व्यवसाय खासै नभएको भन्दै शाखा बन्द गर्न निवेदन दिएको छ ।

तर, बैंकले भने एक्सटेन्सन काउन्टर मात्रै बन्द गर्न लागेको जनाएको छ । बैंकका अनुसार एक्सटेन्सन काउन्टर राख्नु अघि नै स्थानीय सरकारका खाता राष्ट्रिय वाणिज्य बैंकमा भएको तर खाता नसारेपछि विस्तारित काउन्टर बन्द गर्न लागेको जनाएको छ ।

हाल बैंकले देशभर ३६० वटा शाखा कार्यालय, ११० वटा एक्सटेन्सन काउन्टर, ६१ वटा शाखारहित इकाई र ६४५ वटा एटिएममार्फत सेवा दिँदै आएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: