काठमाडौँ । एनआईसी एशिया बैंकबाट राजिनामा दिएका डेपुटी सीईओ सुधीरनाथ पाण्डेलाई फकाउन बैंकका अध्यक्ष लागी परेको बुझिएको छ । बैंकका एक संचालकका अनुसार विशेष इन्सपेक्सनका क्रममा राष्ट्र बैंकले पाण्डेका विभिन्न कैफियत देखाएपछि बैंकबाटै राजिनामा दिएका पाण्डेलाई फकाएर बैंकमै फर्काउन बैंकका तुलसीराम अग्रवाल लागी परेका हुन ।
जेल जानेसम्मको काम पाण्डेकै नेतृत्वमा भएको राष्ट्र बैंकको इन्सपेक्सनले देखाएपछि जेल जाने डरले राजिनामा दिएका पाण्डेलाई पुनः बैंकमै फर्काउन लबिङ सुरु गरिएको हो ।
अहिले बैंक अफ्ट्यारोमा परेको भन्दै पाण्डेलाई बैंक नछोड्न आग्रह गरिएको बैंकका एक सञ्चालकले बताएका छन् । ‘पाण्डेजिले राजिनामा दिइसक्नुभएको छ तर राजिनामा स्वीकृत गरेर उहाँलाई बिदाई गर्ने भन्दा पनि अहिलेलाई उहाँलाई बैंकमै फर्काउने तयारी छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै ती सञ्चालकले भने, ‘हामीले उहाँलाई बैंक अफ्ट्यारेमा रहेको बेला बैंक नछोड्न आग्रह गरेका छौँ ।’
तर, यता राष्ट्र बैंकको विशेष इन्सपेक्सन टोलीले बैंकमा १०० बढी कैफियत निकालिसकेको र डेपुटी सीईओ जेल जाने सम्मकै काम भएको देखाएपछि डिसीईओ पाण्डे कुनै पनि हालतमा बैंक छोड्ने मुडमा छन् । जेल जाने डरले पाण्डेले बुधबार नै बैंकका सीईओ रोशन न्यौपानेसमक्ष राजिनामा दिएका थिए । हाल राष्ट्र बैंकले इन्सपेक्सन सकेर बैंकलाई कार्वाही गर्ने तयारी गरेको छ ।
यता उक्त विषयमा बुझ्न एनआईसी एशिया बैंकका सूचना अधिकारी तथा बैंकका डेपुटी सीईओ सुधीरनाथ पाण्डेलाई फोन गर्दा उनले हाम्रो फोन नै उठाएनन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्