×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकको इन्सपेक्सन छिरेपछि एनआईसी एशियाको सेयरको भाउ निरन्तर ओरालो, बजार बढ्दा पनि एनआईसी घट्यो

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

राष्ट्र बैंकको इन्सपेक्सन छिरेपछि एनआईसी एशियाको सेयरको भाउ निरन्तर ओरालो, बजार बढ्दा पनि एनआईसी घट्यो

२९ माघ २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाली सेयर बजारमा बैंकिङ क्षेत्रमा उत्कृष्ट तीनमध्ये पर्ने भनी चर्चा हुने गरेको एनआईसी एशिया बैंकको सेयर भाउ बैंकमा राष्ट्र बैंकको फर्जी कर्जाकातथ्यांक र कर्जाको स्थितिबारे इन्स्पेक्सन गर्न राष्ट्र बैंक पसेको खबर बाहिर आएपछि निरन्तर घट्न थालेको छ । बजार बढ्दा थोरबहुत बढ्ने गरेको एनआईसी एशियाको सेयर सोमबार भने बजार बढ्दा पनि घटेको हो ।

सोमबारको बजारमा ५ अंकले घटेर बैंकको सेयर भाउ ४५०. १० विन्दुमा आईपुगेको छ । यो घटोत्तरी आइतबारको तुलनामा १.१० प्रतिशतले हो । आइतबारको बजारमा पनि यो कम्पनीको सेयर भाउ ४. १ प्रतिशतले घटेको थियो । सोमबारको कारोबारमा यो कम्पनीको सेयर टप टर्नओभरमा समेत परेको छ । सामान्यतया, कारोबार रकम बढ्दा सेयर भाउ घट्नुलाई राम्रो मानिँदैन ।

बैंकभित्र राष्ट्र बैंकले अनुसन्धान सुरु गरेपछि बैंकका डेपुटी सीइओ सुधिर नाथ पाण्डेले बैंकबाट राजिनामा दिएका थिए । पछि बैंकका संचालक समितिका सदस्यहरुले अनुरोध गरेपछि पाण्डे बैंकको काममा फर्किन तयार भएका थिए । भलै उनको यो कदमलाई धेरै बैंकरहरुले गलत भनेका छन् ।

एनआईसी एशिया बैंकले सार्वजनिक गर्ने खराब कर्जा अनुपात, लगायतका अन्य तथ्यांकहरुमा छेडखानी गरेको, सिमा मिचेर घरजग्गा कर्जा दिएको, नियम मिचेर कर्जा असुली गरेको र बैंकका धेरै कर्जामा समस्या रहेको लगायतका विषयमा बैंकभित्र नियामक राष्ट्र बैंकले विशेष इन्सपेक्सन गरिरहेको छ । स्वयम् गभर्नरले पनि गलत गरेको प्रमाण आफ्नो टेबलमा आएको खण्डमा बैंकलाई कार्वाही हुने सार्वजनिक अभिव्यक्तिसमेत दिईसकेका छन् ।

भलै, बजारका कतिपय लगानीकर्ताले भने अरु डराएका बेला सेयर किन्नुपर्ने धारणा राखिरहेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: