×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुर्गा प्रसाईंले ‘एनआईसी एशिया बैंक डुब्दैछ’ भनेपछि सेयर लगानीकर्ताको आक्रोश, बैंक भन्छ-‘हामी उत्कृष्ट छौँ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

दुर्गा प्रसाईंले ‘एनआईसी एशिया बैंक डुब्दैछ’ भनेपछि सेयर लगानीकर्ताको आक्रोश, बैंक भन्छ-‘हामी उत्कृष्ट छौँ’

Artha Sarokar

३ फाल्गुन २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, र नागरिक बचाउ अभियानका प्रमुख व्यवसायी दुर्गा प्रसाईंले एनआईसी एशिया बैंक डुब्न लागेको भन्दै बचतकर्तालाई पैसा निकाल्न सुझाव दिएपछि सेयर लगानीकर्ता आक्रोशित भएका छन् । बुधबार बेलुकी सामाजिक संजालमार्फत उनले यस्तो अभिव्यक्ति दिएका हुन् । उनी लामो समयदेखि एनआईसी एशिया लगायतका बैंकहरुप्रति खनिएका छन् ।
‘Nic Asia Bank बैंक डुब्दै बचत कर्ताले आफ्नो रकम तुरुन्त निकाल्नु होला । संचालक भागे भने सहकारीका बचत कर्ता को जस्तो हालत होला !! बेलैमा होस पुराउनु होला !’ सामाजिक संजालमा प्रसाईंले लेखेका छन् ।
प्रसाईंको यस्तो अभिव्यक्तिपछि सेयर लगानीकर्ता पनि आक्रोशित भएका छन् ।
सेयर बजारमा काका नामले चिनिएका लगानीकर्ता केशब कोइरालाले प्रसाईंलाई बैंकमाथि धावा नबोल्न चेतावनी दिएका छन् । बैंक तथा वित्तीय संस्था राजनीति गर्ने ठाउँ होइन भनेपछि कोइरालाले टिप्पणी गरेका छन् – ‘बैंक माथिचाहिँ धावा नबोल है ठग फटाहा, तेरो राजनीति गर्ने ठाउँ हैन बित्तीय सस्था ।’
यस्तै प्रसाईंले बैंक डुब्न लागेको भनेपछि लगानीकर्ता नवराज दाहालले दुर्गा प्रसाईंलाई अस्पताल लगेर उपचार गराउनसमेत सुझाव दिएका छन् । ‘दुर्गा प्रसाइको मानसिक अवस्था ठिक छैन जस्तो लाग्यो, कृपया अस्पताल लगेर उपचार गरिदिनुहोला । राष्ट्र बैंक छ, ढुक्क हुनुस् केहि हुँदैन ।’ उनले लेखेका छन् ।
यता चार्टड एकाउन्टेन्टहरुले पनि प्रसाईंको अभिव्यक्तिको विरोध गरेका छन् । ‘बैंकको निक्षेप भनेको सर्वसाधारणको सम्पत्ति हो ।’ सिए महेश घिमिरेले टिप्पणी गर्दै भनेका छन् – ‘यस्तो बिषयमा जथाभावी हावादारी टिप्पणी गर्नु सुहाउदैन ।’
यता एनआईसी एशिया बैंकले भने बैंकमा कुनै समस्या नरहेको दाबी गरेको छ । बैंकले ३ दिनमा ४ विज्ञप्ति निकालेर बैंकमा कुनै पनि समस्या नरहेको, र बैंक विभिन्न सुचाङ्कहरुमा उत्कृष्ट रहेको दाबी गरेको छ ।
यता बैंकप्रति यस्तो अभिव्यक्ति आउँदा पनि राष्ट्र बैंक भने चुप छ । प्रसाईंले राष्ट्र बैंकका अधिकारी र स्वयम् नेपाल राष्ट्र बैंकका गभर्नरलाई पनि विभिन्न आरोप लगाउँदै आएका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी