×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंक र नेपाल विद्युत प्राधिकरणबीचको लफडा के हो ? दिन्छु भनेको सुविधा बैंकले किन दिएन ?

अर्थ सरोकार

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार

PRIME CA

एनआईसी एशिया बैंक र नेपाल विद्युत प्राधिकरणबीचको लफडा के हो ? दिन्छु भनेको सुविधा बैंकले किन दिएन ?

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले एनआईसी एशिया बैंकमा आफ्नो तलवी खाता भएका कर्मचारीहरुलाई बैंकले सम्झौता अनुसारको बीमा सुविधा नदिएको भन्दै कडा पत्र लेखेको पाइएको छ । तर प्राधिकरणले दिएको समयसीमामा पनि बैंकले बीमा सुविधा नदिएको पाइएको छ । हाल प्राधिकरणमा देशभर गरी ३५०० बढी कर्मचारी छन् । ती सबैको तलव एनआईसी एशिया बैंकमा जम्मा हुने गरेको छ ।
५० जनाभन्दा माथि कर्मचारी भएका रोजगार प्रतिष्ठानको तलबी खातामा २१ लाख रुपैयाँसम्मको दुर्घटना तथा औषधोपचार बिमा सुविधा दिने स्किम ल्याएपछि प्राधिकरण सो स्किममा जोडिएको थियो । जसमा बैंकले  प्राधिकरणलाई १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा, १० लाखसम्मको दुर्घटना मृत्यु बीमा र १ लाखसम्मको औषधोपचार बिमा गरिदिने भन्दै आईजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँग सम्झौतासमेत गरेको थियो ।
एनआईसी एशियालाई एक पत्र लेख्दै प्राधिकरणले दुवै पक्षबीच सम्झौता भएको करिब ७ महिने अवधिमा ५१३ जना कर्मचारीले बिमा दाबी मागेको भए पनि बैंकले ५३ जनालाई मात्र बीमा भुक्तानी दिएको दाबी गरेको छ । बैंकले हुँदै नभएको कागजात माग्ने, आउनुपर्ने रकम पनि नदिएर अनावश्यक कटौती गरी भुक्तानी गर्ने लगायतको आरोप  पनि प्राधिकरणका कर्मचारीको छ ।
एनआईसी एशिया बैंक र नेपाल विद्युत प्राधिकरणका कर्मचारी तथा कर्मचारीका आफन्तले दुर्घटना तथा औषधोपचार बिमा सुविधा उपभोग गर्न पाउने गत २०७९ साउन २९ मा पेरोल व्यवस्थापन सम्झौता भएको थियो । २०८० साउन ४ गते पुन: सोहि विषयमा पूरक सम्झौतासमेत भएको थियो ।
भने अनुसारको बीमा भुक्तानी नपाएपछि प्राधिकरणले पटक पटक बैंकको ध्यानाकर्षण गराएको छ । अर्थ सरोकारलाई प्राप्त प्राधिकरणको पछिल्लो पत्रमा पनि कर्मचारीले दाबी भुक्तानी नपाएको उल्लेख छ ।

प्राधिकरणले समयमै सम्झौताबमोजिमको सम्पूर्ण दावी भुक्तानी फर्स्योट नगरेमा सम्झौता रद्द गर्ने चेतावनीसहितको  दिएको छ । तर चेतावनी दिएको समय सिमा सकिएको अवस्थामा पनि कर्मचारीले भुक्तानी पाएका छैनन् ।

यता बैंकले भने अव ४०-५० वटा मात्र फाइलको भुक्तानी दिन बाँकी रहेको दाबी गरेको छ ।

हेर्नुहोस् पत्र:
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: