×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्मचारीको स्वतन्त्रताको हक खोस्दै एनआईसी एशिया, हाकिमले पठाएको समाचार अनिवार्य सेयर गर्न सर्कुलर !

अर्थ सरोकार

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आईतवार

PRIME CA

कर्मचारीको स्वतन्त्रताको हक खोस्दै एनआईसी एशिया, हाकिमले पठाएको समाचार अनिवार्य सेयर गर्न सर्कुलर !

काठमाडौँ । एनआईसी एशिया बैंकले बैंकका प्रेस रिलिज, बैंकबारे विभिन्न संचारमाध्यममा आएका सकारात्मक समाचार, बैंक डुब्दैन भन्ने आशयका सबै समाचार आफ्नो व्यक्तिगत सामाजिक संजालमार्फत अनिवार्य रुपमा सेयर गर्न सर्कुलर जारी गरेको छ । बैंकको अफिसियल फेसबुक पेज र बैंकका सीइओले सेयर गरेका सबै समाचारहरु अनिवार्य रुपमा सेयर गर्न बैंकले उर्दी नै जारी गरेको हो ।

यता बैंकले आफ्नो व्यक्तिगत सामाजिक संजालमा बैंकको प्रचार गर्न लगाएपछि यो काम गैरकानुनी भएको भन्दै आवाज उठाईदिन केहि कर्मचारीहरु अर्थ सरोकारको सम्पर्कमा आएका छन् । ‘हाम्रो व्यक्तिगत फेसबुक अकाउन्ट त हाम्रो हो नि । यसरी जवर्जस्ती गर्न पाइन्छ र ?’ अर्थ सरोकारको सम्पर्कमा आएकामध्ये एक कर्मचारीले अर्थ सरोकारसँग भने, ‘यहाँ त कर्मचारीको स्वतन्त्रताको हनन हुने काम भएको छ ।’

यता कानुन व्यवसायीहरु पनि यस्तो काम गलत भएको तर्क गर्छन् । ‘अनुरोधसम्म गर्न सकिन्छ । तर जवर्जस्ती कुनै समाचार कुनै कर्मचारीको व्यक्तिगत खातामार्फत सेयर गर्न जवर्जस्ती गर्न मिल्दैन ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै कानुन व्यवसायी केपी न्यौपानेले भने, ‘यो एक खालको प्रेसर हो । यो संविधानले नै सुरक्षित गरेको स्वतन्त्रताको हकविरुद्धको काम समेत हो ।’

ती कर्मचारीका अनुसार बैंकका ब्राण्डिङ विभागका कर्मचारी सरोज भट्टराईले यस्तो उर्दी दिने काम गरिरहेका छन् । यस विषयमा बुझ्न हामीले भट्टराईलाई फोनसमेत गरेका थियौँ । उनले प्रश्न सुन्ने बित्तिकै फोन नसुनिएको जस्तो गरेर ‘हेल्लो, हेल्लो, हेल्लो’ भन्दै फोन राखे । त्यसपछि उनको फोन निरन्तर सम्पर्क हुन नै सकेन।

बैंकले केहि दिन यता आत्तिएको शैलीमा समूह नै बनाएर बैंकको सकारात्मक प्रचार गर्न लगाउने र बैंकको क्रिटिकल समाचारको तल कमेन्ट गर्न फेक आईडीलाई लगाउने गरिरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: