×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्मचारीलाई ‘बेहोस हुनेगरी’ यातना दिएको नेपाल इन्भेष्टमेन्ट मेगाले सेयरधनीलाई लाभांश नदिने !

अर्थ सरोकार

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार

PRIME CA

कर्मचारीलाई ‘बेहोस हुनेगरी’ यातना दिएको नेपाल इन्भेष्टमेन्ट मेगाले सेयरधनीलाई लाभांश नदिने !

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यसवर्ष सेयरधनीको हात खाली गराउने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुनै लाभांश नदिने निर्णय गरेको हो ।

बैंकको माघ १९ गते (शुक्रबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो । योसँगै सञ्चालक समितिले लाभांश वितरण नगर्ने प्रस्ताव स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने पनि निर्णय गरेको हो ।

स्मरण रहोस्, यो त्यही बैंकले हो जसका डेपुटी सीईओ बिजेन्द्र सुवालले केही समयअघि दिएको यातनाका कारण बैंकका शाखा प्रबन्धक नै बहोस भई ढलेका थिए । डेपुटी सीईओ सुवालले अपशब्दसमेत प्रयोग गरी, गालीगलौच गरेर निरन्तर टर्चर दिएपछि बैंकको चरिकोट शाखाका प्रमुख कपिल भण्डारी बोहोस् भई ढलेका थिए । (भिडियो)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: