×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पुनः ४० अर्ब रुपैयाँ तान्दै

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पुनः ४० अर्ब रुपैयाँ तान्दै

Artha Sarokar

२३ माघ २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । प्रणालीमा अधिक तरलता थुप्रिएको भन्दै राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त रकम तान्न लागेको हो ।

राष्ट्र बैंकले मंगलबार बैंकिङ प्रणालीमार्फत तान्न लागेको निक्षेप अवधि १४ दिनको रहेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिँदा पनि कर्जाको माग न्यून भएपछि तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीमार्फत रकम तान्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार हाल बैंकिङ प्रणालीमा ६१ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप रहेको छ । तर, सोही अवधिमा कर्जा लगानी भने ५० खर्ब रुपैयाँ मात्रै भएको छ । अन्तर बैंक ब्याजदर ३.०२ प्रतिशत रहेकोमा ट्रेजरी बिलको ब्याजदर समेत अधिकतम ४ प्रतिशत हाराहारीमा झरेको छ । हाल बैंकहरुले कर्जा÷निक्षेप अनुपात (सिडी रेसियो) ८०.३० प्रतिशत कायम गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी