काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सेवा/सुविधाहरु अपाङ्गमैत्री बनाउन निर्देशन दिएको छ । मंगलबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ज्येष्ठ नागरिक, फरक ढंगले सक्षम र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रुपले बैंकिङ सुविधा उपलब्ध गराउन निर्देशन दिएको हो ।
यसका लागि बैंक तथा वित्तीय संस्थाहरुमा विशेष काउन्टर नै तोकेर सेवा प्रवा गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।
त्यस्तै, राष्ट्र बैंकले स्थानीय तहमा ५ भन्दा बढी शाखा रहेका स्थानमा कम्तीमा एउटा शाखा र एटिएम लाउञ्ज भएका स्थानमा एउटा एटिएम अपाङ्गमैत्री बनाउन पनि निर्देशन दिएको छ ।
योसँगै अपाङ्गता भएका व्यक्तिलाई एटिएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङजस्ता वित्तीय सेवाहरु व्यक्ति स्वयम्ले उक्त सेवा उपयोग गर्न सक्षम रहेको यकित गरेर मात्र उपलब्ध गराउन पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्