×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भित्री वस्त्रमा लुकाएर सुन तस्करी गर्ने दुई महिला पक्राउ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

भित्री वस्त्रमा लुकाएर सुन तस्करी गर्ने दुई महिला पक्राउ

३ फाल्गुन २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । दुबईबाट भित्री वस्त्रमा सुन लुकाएर नेपाल ल्याउने दुई जना महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३८ वर्षीय सन्चा कुमारी राई र २६ वर्षीय उर्मिला मगर रहेका छन् ।

हिमालयन एयरलाईन्सको उडानद्वारा दोहाबाट नेपाल आएका ती महिलाले भित्री वस्त्रमा लुकाई अवैध रुपमा सुन ल्याएको पाइएपछि प्रहरीले पक्राउ गरेको हो । सन्चा कुमारी राईको साथबाट प्रहरीले पहेलो रंगको धातुको करिब ११.६४ ग्राम तौलको बेरुवा औँठी १ थान र करिब ५८.३२ ग्राम तौलको ब्रासलेट १ थान बरामद गरेको छ ।

त्यस्तै, उर्मिला मगरको साथबाट  करिब ५० ग्राम तौलको सिक्री १ थान र करिब १८ ग्राम तौलको गणेशको मुर्तिको लकेटसहित सिक्री १ थान बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पठाईएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: