काठमाडौँ । मृत्यु भइसकेका व्यक्तिको पेन्सन झिकेको आरोपमा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी पक्राउ परेका छन् । मृत्यु भइसकेका व्यक्तिहरुको पेन्सन आफैँ झिकेर ठगी गरेको आरोपमा बैंकको महाराजगञ्ज शाखाका कार्यालय सहयोगी पूण्यप्रसाद अधिकारी पक्राउ परेका हुन् ।
अधिकारीलाई जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पक्राउ गरेको हो । पक्राउ परेका अधिकारीले कम्तीमा ८ जनाको पेन्सन पट्टाबाट आफैँले पेन्सन बुझेको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अधिकारीले बैंकबाट पेन्सन लिइरहेका व्यक्तिको नागरिकता र पुरानो फोटो टाँसेर नयाँ नमुना कार्ड बनाएर बैंकमा हाजिर भइरहेको देखाई आफैँले पेन्स लिने गरेका थिए ।
अधिकारी रामेछापको लिखु तामाकोशी गाउँपालिकाका बासिन्दा हुन् । पक्राउ परेका अधिकारीलाई बैंकिङ कसुरमा थप कार्वाही तथा अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले उच्च अदालत पाटनसँग अनुमति मागेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्