×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फोहोर टिप्ने बाहनामा १ करोडको धनमाल चोर्ने ५ जना पक्राउ

अर्थ सरोकार

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार

PRIME CA

फोहोर टिप्ने बाहनामा १ करोडको धनमाल चोर्ने ५ जना पक्राउ

काठमाडौं । फोहोर टिप्ने बाहनामा झण्डै एक करोडको धनमाल चोर्ने ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २६ वर्षीय लक्का भन्ने विकास पोदार, २८ वर्षीय जितेन्द्र पोदार, २७ वर्षीय भाईलाल पोदार, ४० वर्षीय संजय पोदार र ५० वर्षीय मञ्जु देवी पोदार रहेका छन् ।

उनीहरुले दिउँसोको समयमा काठमाडौंका विभिन्न तीन ठाउँबाट गरी झण्डै एक करोडको धनमाल चोरी गरेका हुन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

सो समुहले माकलबारी स्थित दिलमाया आले मगरको घरबाट दिउँसोको समयमा कोही नभएको मौका पारी सुनका गरगहना तथा नगद गरी ६५ लाख बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ । त्यस्तै, दिनेश घिमिरेको घरबाट सुन तथा नगद गरी २५ लाखको धनमाल चोरी गरेका थिए । त्यसैगरी, काठमाडौँ जिल्ला गोकणेश्वर नगरपालिका वडा नं.३ मा गीता राईको घरबाट सुन तथा चाँदीका गरगहना तथा नगद गरी चार लाख १० हजार रुपैयाँ चोरी गरेको प्रहरीको भनाई छ ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि  प्रहरी वृत, बौद्ध पठाईएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: