×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन सीईओ मनोज न्यौपानेसहित ११ पक्राउ, ऋण दिँदा हिनामिना गरेको आरोप !

अर्थ सरोकार

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलवार

PRIME CA

सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन सीईओ मनोज न्यौपानेसहित ११ पक्राउ, ऋण दिँदा हिनामिना गरेको आरोप !

काठमाडौँ । तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवम् मर्जरपछि प्रभु बैंकमा डेपुटी सीइओका रुपमा कार्यरत बैंकर मनोज न्यौपाने पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीसहित ११ जानालाई ऋण दुरुपयोग प्रकरणमा पक्राउ गरेको हो । उक्त प्रकरणमा प्रहरीले अन्य थप केहीको पनि खोजी गरिरहेको सीआईबीले जनाएको छ ।

२०७८ असारमा सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका उनी बैंक प्रभुसँग मर्जर भएपछि प्रभुमा डेपुटी सीइओ बनेका थिए ।

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालका भान्जासमेत रहेका न्यौपानेले गरेका बदमासीबारे यसअघि पनि अर्थ सरोकारले निरन्तर समाचार सम्प्रेषण गरेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: