×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिग्रिदै गयो नेपाली पासपोर्टको वरीयता, १८ वर्षमा २७ स्थान तल

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बिग्रिदै गयो नेपाली पासपोर्टको वरीयता, १८ वर्षमा २७ स्थान तल

९ फाल्गुन २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । विश्व वरियतामा नेपाली राहदानी (पासपोर्ट)को पर्फमेन्स निरन्तर खस्किदै गएको छ । ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले सार्वजनिक गरेको सन् २०२४ को पासपोर्ट इन्डेक्सअनुसार नेपाली पासपोर्टको वरीयता खस्किदो देखिएको हो । सन् २०२४ मा नेपाली पासपोर्ट विश्व वरीयताको १०३औँ स्थानमा रहेको छ ।

यसो त नेपाली पासपोर्ट सन् २०२३ मा पनि विश्व वरीयताको १०३औँ स्थानमै रहेको थियो ।

‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले सन् २००६ मा पहिलोपटक पासपोर्टको विश्व वरीयता निकाल्दा नेपाली पासपोर्ट ७६औँ स्थानमा रहेको थियो । तर, त्यसपछि सन् २०१० मा ८८औँ, सन् २०१५ मा १०५औँ र सन् २०२१ मा ११०औँ स्थान हुँदै अहिले १०३औँ स्थानमा पुगेको छ ।

झट्ट हेर्दा नेपाली पासपोर्टको वरीयतामा केही वर्षयता केही सुधार देखिए पनि विश्व वरीयतामा नेपाली पासपोर्टको पर्फमेन्स कमजोर नै रहेको जानकारहरुले बताएका छन् । हाल विश्व वरीयतामा नेपाली पासपोर्टकै स्थानमा द्वन्दग्रस्त लिबिया र प्लालेस्टानइ रहेका छन् । यसले पनि विश्व वरीयतामा नेपाली पासपोर्टको अवस्थालाई छर्लंग पार्दछ ।

त्यस्तै, विश्व वरीयतामा नेपाली पासपोर्टको स्थान सैनिक कुबाट सञ्चालित मुलुक भन्दा पनि पछि छ । विश्व वरीयतामा सन् २०२४ मा म्यान्मार ९७औँ, कंगो ९८औँ, दक्षिण सुडान ९९औँ र नाइजेरिया १००औँ स्थानमा छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: