×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संसद सेवाका कर्मचारीलाई १५ वर्षमै पेन्सन दिने प्रस्ताव !

PRIME CA

संसद सेवाका कर्मचारीलाई १५ वर्षमै पेन्सन दिने प्रस्ताव !

१० फाल्गुन २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । संघीय संसद सेवाका कर्मचारीहरुलाई १५ वर्षमै पेन्सन दिने प्रस्ताव गरिएको छ । सांसदहरुले संसदका कर्मचारीहरुलाई १५ वर्षमै पेन्सन दिनेगरी प्रचलित ऐन संशोधनको प्रस्ताव पेश गरेका हुन् ।

संसद सेवामा पुगेका कर्मचारीले १५ वर्षमै पेन्सन पाउने गरी व्यवस्था गर्न नेपाली कांग्रेस, एमाले, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), र स्वतन्त्रसमेत गरी १७ जना सांसदले प्रस्ताव गरेका हुन् ।

संसद सेवामा सहसचिवका लागि खुला प्रतिस्पर्धा हुन्छ । सरकारी सेवामा कार्यरत कर्मचारीका लागि सहसचिवको पदका लागि उमेर हद लागू हुँदैन । साथै, संसद सेवामा आउनु अगाडि गरेको सेवा अवधि समेत पेन्सनका लागि जोडिन्छ । यसरी, अन्य सरकारी सेवामा रहेका र संसद सेवामा प्रवेश गरेर सचिव, महासचिव भएका तर २० बर्ष सेवा अवधि नपुगी अवकाश पाउने कर्मचारीको हकमा १५ वर्षमै पेन्सन पाउने कानुनी व्यवस्थाको प्रस्ताव सांसदहरुले राखेका हुन् ।

हाल सरकारी सेवामा २० वर्ष काम गरेका सरकारी कर्मचारीले पेन्सन पाउने व्यवस्था छ । त्यस्तै, एउटा सरकारी सेवाबाट अर्को सरकारी सेवामा निरन्तर भएकाहरुको हकमा पनि पूरा सेवा अवधि २० वर्ष पुगे पेन्सन पाउने व्यवस्था रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: