×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखरामा ५ तलाभन्दा अग्लो घर बनाउन नपाइने, सबै घरमा हरियो रङ्ग अनिवार्य लगाउनुपर्ने !

अर्थ सरोकार

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार

PRIME CA

पोखरामा ५ तलाभन्दा अग्लो घर बनाउन नपाइने, सबै घरमा हरियो रङ्ग अनिवार्य लगाउनुपर्ने !

काठमाडौँ । पोखरामा ५ तलाभन्दा अग्ला घर बनाउन प्रतिबन्ध लगाइएको छ । महानगरले भवन तथा पूर्वाधार मापदण्ड सार्वजनिक गर्दै अबदेखि पोखरा महानगरपालिकाभित्र ५ तलाभन्दा अग्ला घर बनाउन नपाइने जनाएको हो । योसँगै अबदेखि पोखरा महानगरभित्र घरको उचाई १७ मिटरभन्दा धेरै बनाउन पाइने छैन ।

यसो त यसअघि पोखराको फेवाताल किनार क्षेत्रमा साढे २ तला र अन्य क्षेत्रमा साढे ३ तलासम्मको घर निर्माण गर्न पाइने व्यवस्था थियो । तर, उक्त व्यवस्था परिवर्तन गर्दै महानगरले ५ तलाभन्दा अग्ला घर बनाउन नपाइने नीति ल्याएको छ ।

महानगरको मापदण्डअनुसार ५ तलाको घर बनाउनका लागि पनि फ्लोर एरिया रेसियो (एफएआर) र ग्राउण्ड कभरेज रेसियो (जिसीआर) अनिवार्य रुपमा पालना गर्नुपर्नेछ । महानगरले वडागत रुपमा घर निर्माणका लागि फरक-फरक मापदण्ड तयार गरेको छ ।

त्यस्तै, महानगरले आफ्नो क्षेत्राधिकारभित्र निर्माण हुने सबै घरमा अनिवार्य रुपमा हरियो रङ्ग लगाउनुपर्ने निर्णय गरेको छ । ‘ग्रिन सीटी’ अवधारणा अन्तर्गत महानगरले महानगरभित्र बन्ने घरमा अनिवार्य रुपमा हरियो रङ लगाउनुपर्ने नीति अघि सारेको महानगरले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: