×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भिडियो रिपोर्टः प्रोग्रेसिभ फाइनान्सले नियम मिचेर दियो ऋण, नियामकले गर्यो कार्वाही

PRIME CA

भिडियो रिपोर्टः प्रोग्रेसिभ फाइनान्सले नियम मिचेर दियो ऋण, नियामकले गर्यो कार्वाही

२५ माघ २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा जो कसैको सम्पत्ति मालपोतमा बन्धक हुन्छ । तर प्रोग्रेसिभ फाइनान्स लिमिटेडले भने यसरी सम्पत्ति सम्बन्धित मालपोत कार्यालयमा दृष्टिबन्धक नै नगरी कर्जा प्रवाह गरेको खुलासा भएको छ ।

फाइनान्सले एक ऋणीलाई ऋण दिँदा उसको सम्पत्ति मालपोतमा धितो बन्धक नै नगरी ऋण दिएको पाइएपछि नियामक नेपाल राष्ट्र बैंकले प्रोगेसिभलाई कार्वाहीसमेत गरेको छ । फाइनान्सलाई केन्द्रीय बैंकले पठाएको २०८०-०९-१३ गतेको पत्रमा २०८०-०८-१९ को निर्णय अनुसार सो कार्वाही गरिएको भनिएको छ । नेपालमा प्रचलनमै नरहेको प्रक्रिया अपनाएर धितो मूल्यांकन गरी बिजनेश एसोसिएटस बिजनेश एसोसिएटस नामक फर्मलाई ऋण दिएको भन्दै फाइनान्सलाई कार्वाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

फाइनान्सका सूचना अधिकारी प्रमोद भट्टराईले आफुहरुले ’कम्पेरेबल सेल्स कम्पेरिजन मेथड-इन्कम क्यापिटलाइजेसन मेथड’ प्रयोग गरी पारिपासु सम्झौतासमेत गरी ऋण दिएको, तर, राष्ट्र बैंकले सो प्रक्रिया प्रचलन मै नभएको भनी कार्वाही गरेको स्वीकारेका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै आफुले अपनाएको तरिकामा राष्ट्र बैंकको विमति रहेकाले कार्वाही भोग्नुपरेको बताएका छन् ।

यता अन्य बैंकलाई कार्वाही गर्दा सार्वजनिक रुपमा नै कार्वाहीको सूचना निकाल्ने राष्ट्र बैंकले प्रोग्रेसिभ फाइनान्सलाई भने ’सुटुक्क कार्वाही गरिएको र यसको जानकारी सार्वजनिक रुपमा नदिईएको’ पाइएको छ। यसअघि ९ वटा बाणिज्य बैंक, विभिन्न बिकास बैंक र फैनान्सहरुलाईसमेत विभिन्न अभियोगमा कार्वाही गर्दा राष्ट्र बैंकले सार्वजनिक सूचना नै जारी गरेको थियो । तर प्रोग्रेसिभले भने फरक खालको सुविधा पाएको खुलासा भएपछि अहिले यो विषय पनि नेपाली बैंकिङ क्षेत्रमा ’टक अफ दी टाउन’ भएको छ ।

यता, नेपाल राष्ट्र बैंकका सह सूचना अधिकारी डा. भगवात आचार्य भने कुन कार्वाहीको सूचना बाहिर दिने, कुन नदिने भन्ने विषय बोर्डको अधिकार भएको दाबी गर्छन् । प्रोग्रेसिभ फाइनान्स लिमिटेडमा हाल अनिल श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत छन् भने किशोर कुमार महर्जन अध्यक्ष छन् । (भिडियो)

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: